भेरी अस्पतालमा अब दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने

भेरी अस्पतालमा अब दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने

[ad_1]

भेरी अस्पतालमा अब दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने

भेरी अस्पतालको अनुगमनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी ।

८ माघ, काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा दैनिक १८ जना मृगौला रोगीको नि:शुल्क डायलाइसिस हुने भएको छ ।

अस्पतालले यसभन्दा अगाडि तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिदै आएको थियो ।

अब ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गरेका छन् ।

त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उदेश्यसहित डायलाइसिस सेवालाई विस्तार गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईंले बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्