रणवीर कपुरसँग विज्ञापन खेलेपछि नेपाली अभिनेत्री मुना गौचन लेख्छिन्- जादू र जादूगर

रणवीर कपुरसँग विज्ञापन खेलेपछि नेपाली अभिनेत्री मुना गौचन लेख्छिन्- जादू र जादूगर

[ad_1]

काठमाडौं । नेपाली अभिनेत्री तथा मोडल मुना गौचन यतिबेला बलिउड सहर मुम्बईमा विभिन्न प्रोजेक्टमा व्यस्त छिन् । अराज केशवको फिल्म ‘जालो’बाट अभिनयमा डेब्यु गरेकी मुनाले त्यहाँ आफ्नो भाग्य अज्माउँदैछिन् ।

केही साताअघि बलिउड अभिनेता रणवीर सिंहसँगको तस्वीरबाट उनको मुम्बई व्यस्तताको अनुमान गरिएको थियो ।

मुनाले यसै साता बलिउड अभिनेता रणवीर कपुरसँग एक विज्ञापनमा काम गरिन् । एसियन पेन्ट्सको यो विज्ञापनमा रणवीर र मुना दुवै एकसाथ फ्रेममा आएका छन् । रणवीरसँग स्क्रिन सेयर गरेको तस्वीर सेयर गर्दैै मुनाले ‘जादू र जादूगर’ उल्लेख गरेकी छन् । विज्ञापन छायांकन सेटबाट सार्वजनिक तस्वीरहरुमा मुना र रणवीर क्यान्डिड र प्रसन्न देखिएका छन् ।

स्रोतका अनुसार मुनाले चाँडै एक नेपाली फिल्ममा अभिनय गर्दैछिन्, जसको तयारी भइरहेको छ ।

रणवीर कपुरसँग विज्ञापन खेलेपछि नेपाली अभिनेत्री मुना गौचन लेख्छिन्- जादू र जादूगर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्