योग गर्दै प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरू) – Online Khabar

योग गर्दै प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरू) – Online Khabar

[ad_1]

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय योग दिवस समारोहमा सहभागी भएका छन् ।

भक्तपुरको सानोठिमीमा आयोजित मूल समारोहमा सहभागी भएका प्रचण्डले पनि योग गरे । कार्यक्रममा प्रचण्ड र अन्य सहभागीले गुरुसँगसँगै योग गरेका थिए ।

प्रमुख अतिथिको आसनमा रहेका प्रधानमन्त्री प्रचण्डले मञ्चमै गुरुको साथमा योग गरेका हुन् ।

आजका दिनलाई नेपालमा राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिन्छ । आज ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

अन्तर्राष्ट्रिय योग दिवस भने २१ जुनमा मनाउने गरिन्छ ।

योग गर्दै प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरू) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्