६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

[ad_1]

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

एसएसपी भरत बोहोरा र जनक भट्टराई ।

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् ।

अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा र काठमाडौं प्रहरी प्रमुख बोहोरा सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्साल सरुवा भएका छन् ।

उनीहरूले २२ असारमा काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए । तर, उनीहरुको कमाण्ड क्षमतामाथि प्रहरी प्रधान कार्यालयले प्रश्न उठाउँदै आएको थियो ।

मानव बेचबिखन ब्यूरोमा जीवनकुमार श्रेष्ठ सरुवा भएका छन् । उनीहरुसहित २४ जना एसएसपीको बिहीबार काज सरुवा भएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्