नेपाल बैंकर्स संघको विशेष साधारणसभा भोलि – Online Khabar

नेपाल बैंकर्स संघको विशेष साधारणसभा भोलि – Online Khabar

[ad_1]

नेपाल बैंकर्स संघको विशेष साधारणसभा भोलि – Online Khabar

फाइल तस्वीर

२६ पुस, काठमाडौ । नेपाल बैंकर्स संघले रिक्त रहेको अध्यक्ष चयन गर्नका लागि विशेष साधारणसभा गर्ने भएको छ । भोलि (बुधबार) काठमाडौंमा संघले विशेष साधारणसभा बोलाएको छ ।

संघका अध्यक्ष रहेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको कार्यकाल सकिएसँगै उनि बैंकबाट बिदा भएका छन् । उपाध्याय बैंकबाट बिदा भएसँगै बैंकर्स संघका अधयक्ष पद पनि रिक्त भएको छ ।

करिब एक वर्ष कार्यकाल बाँकी भएका उपाध्यायको बिदाईसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सुनिल केसीले पाएका छन् । बुधबार हुने संघको विशेष साधारणसभाले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई नै अध्यक्ष बनाउने सहमति भइसकेको एक बैंकर्सले बताए ।

केसी अध्यक्ष चयन हुँदा रिक्त हुने उपाध्यक्ष पदमा को चयन हुन्छ भन्ने विषयमा बुधबार नै छलफल हुने बताइएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्