रेसुंगामा जहाज अवतरण गर्दा खुशियाली (तस्वीरहरु) – Online Khabar

रेसुंगामा जहाज अवतरण गर्दा खुशियाली (तस्वीरहरु) – Online Khabar

[ad_1]

२४ पुस, गुल्मी । निर्माण सुरु भएको १६ वर्षपछि आइतबार गुल्मीको रेसुंगा विमानस्थलमा तारा एअरको बिमानले प्रदर्शन उडान (डेमो फ्लाइट) सञ्चालन गरेको छ । रेसुङ्गा नगरपालिका– १० सिमीचौर थालेमालेस्थित रेसुङ्गा विमानस्थलमा तारा एयरको नाइन एन एएलओ ट्वीनअटर जहाजले प्रदर्शन उडान गरेको हो ।

रेसुंगामा जहाज अवतरण गर्दा खुशियाली (तस्वीरहरु) – Online Khabar

प्रदर्शन उडानका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाट आएको जहाजमा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी सवार थिए । उनीहरुले गुल्मेलीको जहाज चढ्ने सपना पूरा भएको भन्दै खुशी व्यक्त गरे ।

जहाज काठमाडौंबाट ४५ मिनेटमा गुल्मी आइपुगेको थियो । तारा एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले रेसुङ्गा विमानस्थलमा दिउँसो हावाको गति बढी हुने भएकाले बिहानी समयमा भने नियमित उडान गर्न सकिने बताए ।

रेसुङ्गा विमानस्थलमा रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा नियमित उडान गर्न सकिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले गुल्मीबाट काठमाडौंसम्मको भाडा प्रतियात्रु ८ हजार रुपैयाँसम्म हुन सक्ने बताए । परीक्षण उडान सम्पन्न गरेपछि अब एक हप्तापछि टावर निर्माणको काम सम्पन्न गर्ने रेसुङ्गा विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियाले बताए ।

जहाज अवतरण गरेको हेर्न विमानस्थल वरपर धेरै सर्वसाधारण भेला भएका थिए उनीहरुले वरपरका घरको छत र अग्लो स्थानमा जम्मा भएर जहाज अवतरण भएको हेरेका थिए । स्थानीय सिर्जना पन्थीले जहाज चढ्ने चाहना पूरा हुने बताइन् । गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले नियमित उडान भए जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

रेसुंगा विमानस्थलको काम एमाले नेता प्रदीप ज्ञवाली पर्यटन मन्त्री भएका बेला ०६३ सालमा सुरु भएको थियो । तर ०७२ सालपछि मात्र यसको निर्माणले गति लिएको थियो । रेसुङ्गा विमानस्थलको धावनमार्ग ५२० मिटर लामो र २० मिटर फराकिलो छ । १५६ रोपनी जग्गामा फैलिएको विमानस्थल निर्माणमा ३३ करोड रुपैयाँ खर्च भएको रेसुङ्गा बिमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।

विमानस्थल निर्माणका क्रममा २८ परिवारको जग्गा अधिग्रहण गरिएको थियो र तीमध्ये १४ परिवार विस्थापित भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु : 

रेसुंगामा जहाज अवतरण गर्दा खुशियाली (तस्वीरहरु) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्