टोखामा चाकु बनाउने चटारो (तस्वीरहरु) – Online Khabar

टोखामा चाकु बनाउने चटारो (तस्वीरहरु) – Online Khabar

[ad_1]

२० पुस, काठमाडौं । माघेसंक्रान्ति नजिकिँदै जाँदा टोखामा रहेको चाकु उद्योगमा कामदारहरुलाई भ्याइनभ्याई छ । करिब ५० पुरानो यो उद्योग काशीलाल श्रेष्ठले सञ्चालन गरेका हुन् ।

‘मंसिर लागेदेखि नै माग बढ्न थाल्छ,’ काशीलाल भन्छन्, ‘पुस महिनाभरी माघेसंक्रान्ति सम्म हामीलाई खाना खाने पनि फुर्सद हुन्न ।’ अरु बेला परिवारकै सदस्यहरुले काम गर्दा भ्याउने भए पनि मंसिर-पुसमा १२-१५ जना कामदार लगाउने गरिएको छ ।

यहाँ चाकुका विभिन्न आइटमहरु उपलब्ध छन् । सादा चाकु बाहेक खुवा चाकु (खुवा हालेर बनाएको), स्पेसल चाकु (बदाम, किसमिस लगायत मसला हालेर बनाइएको), सुत्केरी चाकु (सुत्केरी महिलालाई पौष्टिक तत्व हुने गरी बनाइएको) लगायत चाकुहरु बनाउने गरिएको काशीलालले बताए ।

सामान्यतया दैनिक ४०-५० किलो उत्पादन गरिने भए पनि मंसिर र पुसमा दैनिक ४००-५०० किलो उत्पादन हुने गरेको उनले जानकारी दिए । चाकु बाहेक तिलको लड्डु र तिलौरा पनि बनाउने गरिएको छ ।

उत्पादित चाकु बिक्रीका लागि राजधानीसँगै उपत्यका बाहिरका अधिकांश जिल्लामा पुग्ने गर्छ ।

माघे संक्रान्तिमा चाकु, घ्यूसँगै तिलौरा, तरुल, खिचडी लगायत विविध परिकार खाने गरिन्छ । यी परिकारले जिउमा न्यानोपन बढाएर चिसोबाट जोगाउने भएकोले स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ ।

हेर्नुहोस् तस्वीरहरु : 

टोखामा चाकु बनाउने चटारो (तस्वीरहरु) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्