यातायात कार्यालय अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले भने– हामी हेरेर बस्दैनौं

यातायात कार्यालय अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले भने– हामी हेरेर बस्दैनौं

[ad_1]

यातायात कार्यालय अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले भने– हामी हेरेर बस्दैनौं

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्वीर

१९ पुस, काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् ।

मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुनाका साथै ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । उनले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं ।’

स्थलगत अवलोकन गरेर प्रत्यक्ष रुपमै समस्या जान्न अनुगमनमा आएको भन्दै उनले समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्ने बताए ।

कतिपय समस्या समाधान गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउने भन्दै श्रेष्ठले अघि भने, ‘केही समय मात्र पर्खिनुस् ।’

कति समय लाग्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी हेरेर बस्दैनौं, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्