राजस्वको लक्ष्य र प्राप्तिको खाडल पुर्ने गरी कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

राजस्वको लक्ष्य र प्राप्तिको खाडल पुर्ने गरी कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

[ad_1]

राजस्वको लक्ष्य र प्राप्तिको खाडल पुर्ने गरी कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

फाइल तस्वीर

१८ पुस, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य र प्राप्तिमा रहेको खाडल पुर्ने गरी कार्ययोजना बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालय प्रमुखसहितका कर्मचारीसँगको छलफलमा उनले आइतबार यस्तो निर्देशन दिएका हुन् ।

मन्त्रालयका अनुसार अर्थमन्त्रीले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको बताए । उनले लक्ष्य अनुसारको राजस्व संकलन गर्न राजस्व प्रशासनमा सबैको साझा प्रतिबद्धताका लागि दुवै निकायका कर्मचारीसँग छलफल गरेको मन्त्रालयको भनाइ छ ।

अर्थमन्त्री पौडेलले दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनु पर्ने बताए । उनले हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही अनुसारको कार्ययोजना बनाउन निर्देशन दिए । उनले रावस्व परिचालनका लागि विभाग तथा कार्यालयहरुलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने बताए । उनले कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन निर्देशन दिए । साथै निर्दोषलाई त्रसित भने नबनाउन निर्देशन दिए ।

उनले स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण र व्यापार सहजीकरण गर्न समेत निर्देशन दिए । अर्थमन्त्री पौडेलले करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन समेत निर्देशन दिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्