सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने, वैशाखदेखि छायांकन

सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने, वैशाखदेखि छायांकन

[ad_1]

काठमाडौं । सौरभ चौधरीको लेखन तथा निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेकोमा आइतबार फिल्मको दुई श्रृंखला निर्माणको घोषणा गरिएको हो ।

फिल्मको टाइटल र लोगो सार्वजनिक गर्दै सौरभले पहिलो भागको छायांकन वैशाख मध्यदेखि नेपाल र भारतमा हुने जनाए । नेपालको नवलपरासी र काठमाडौं तथा भारतको बनारस र गोरखपुरमा फिल्म छायांकन गर्ने तयारी छ ।

फिल्ममा नेपाली र भारतीय कलाकार हुने र केही दिनमा टिजर पोस्टरसहित यसबारे जानकारी गराइने भएको छ । दुई जना पुरुष र एक जना महिला प्रमुख पात्र कास्ट गर्ने तयारी छ ।

डार्क हर्स इन्टरटेनमेन्टले दुवै श्रृंखलाको घोषणा एकैसाथ गरेको हो । ‘अहिले च्याप्टर एक र दुईको स्क्रिप्ट लेखन एकसाथ भइरहेको छ । कलाकार र कथाले सिक्वेलमा समेत निरन्तरता पाउनेछन्,’ सौरभले भने ।

सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने, वैशाखदेखि छायांकन

फिल्मको छायांकारमा ‘प्रेमगीत’ फेम्ड राजेश श्रेष्ठ छन् । प्रकाश मल्ल र अनिश तामाङको निर्माणमा बन्ने फिल्मको बजेट साढे दुई करोड रुपैयाँ हुने बताइएको छ । सस्पेन्स र थ्रिलर जनरामा निर्माण हुने फिल्म निर्देशक सौरभको दोस्रो प्रोजेक्ट हुनेछ । तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ रिलिज भएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्