राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक माघमा – Online Khabar

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक माघमा – Online Khabar

[ad_1]

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक माघमा – Online Khabar

फाइल तस्वीर ।

१५ पुस, काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक माघमा बस्ने भएको छ ।

बैठक माघ ९ र १० गते काठमाडौंमा हुने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन् ।

बैठकमा गत निर्वाचनको समीक्षा तथा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने उनले बताएका छन् ।

गत महिना भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा राप्रपा नेपालका उम्मेदवारले जित्नु त परैको कुरा सम्मानजनक मतसमेत ल्याउन सकेका थिएनन् ।

राप्रपा नेपालले देशका केही निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्नमा उम्मेदवार उठाए पनि अध्यक्ष कमल थापा भने नेकपा एमालेको सूर्य चुनाव चिह्नबाट उठेका थिए । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपक सिंह विजयी भए भने थापा तेस्रो स्थानमा रहे ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्