[ad_1]
काठमाडौं । ‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाइ अभिनयसँगै सौन्दर्यले चर्चामा आउँछिन् । उनी यतिबेला अष्ट्रेलिया घुमघाममा ब्यस्त छिन् । जहाँबाट उनले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् ।
सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । हरियो रङको पहिरनमा उनले चिसिँदै गएको मौसमलाई चुनौति दिएको देख्न सकिन्छ ।

निर्देशक पति दिवाकर भट्टराईसँग अष्ट्रेलिया पुगेकी दीपिकाले घुमेका तस्वीर सेयर गरिरहेका छन् । दीपिका र दिवाकरका यी तस्वीरलाई सामाजिक संजालमा फ्यानले प्रतिक्रिया दिइरहेका छन् ।
कामको कुरा गर्दा, दीपिकाले ‘ऐश्वर्या’पछि ‘छक्कापञ्जा ३’ र ‘हेल्लो जिन्दगी’मा काम गरेकी छन् । दीपिका र दिवाकर होमप्रोडक्सन फिल्म निर्माणको तयारीमा छन् ।



[ad_2]
Source link








