प्रश्नपत्रमा त्रुटि भएपछि बराहक्षेत्रमा नेपाली विषयको परीक्षा रद्द

प्रश्नपत्रमा त्रुटि भएपछि बराहक्षेत्रमा नेपाली विषयको परीक्षा रद्द

[ad_1]

१३ पुस, काठमाडौं । बराहक्षेत्र नगरपालिकाले कक्षा ७ को नेपाली विषयको परीक्षा रद्द गरेको छ ।

विद्यालयहरुले सञ्चालन गरिरहेको दोस्रो त्रैमासिक परीक्षामा सोधिएको नेपाली विषयको प्रश्नपत्रमा त्रुटि भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाको शिक्षा विभागका उप सचिव देवेन्द्र बहादुर मल्लले परीक्षा रद्द गरेको जनाएका छन् ।

उनले सूचना जारी गर्दै १२ गते सञ्चालन भएको कक्षा ७ को नेपाली विषयको प्रश्नपत्र निर्माण गर्दा गम्भीर त्रुटि भएको पाइएको हुनाले सबै सामुदायिक तथा धार्मिक विद्यालयहरुको परीक्षा रद्द गरिएको जनाएका छन् ।

साथै आगामी दिनमा प्रश्नपत्र निर्माण गर्दा विषय शिक्षकलाई संवेदनशील हुन र विशिष्टीकरण तालिकाको मर्म अनुसार निर्माण गर्न सचेत गराएका छन् ।

हेर्नुस् पश्नपत्र  : 

प्रश्नपत्रमा त्रुटि भएपछि बराहक्षेत्रमा नेपाली विषयको परीक्षा रद्द

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्