५७ लागे सलमान खान, अब काठमाडौं कहिले आउलान् ? – Online Khabar

५७ लागे सलमान खान, अब काठमाडौं कहिले आउलान् ? – Online Khabar

[ad_1]

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान आज ५७ औं जन्मदिन सेलिव्रेसन गर्दैछन् । बर्थडे मनाउन गएराति उनले मुम्बइमा ग्राण्ड पार्टीको आयोजना गरे जहाँ बलिउड सेलेब्स उपस्थित थिए ।

शाहरुख खान पनि पार्टीमा उपस्थित भए । सलमानलाई उनले कसिलो अँगालोमा बाँधे र शुभकामना दिए । कालो पहिरनमा यी दुबैजना स्टार ह्यान्डसम देखिएका थिए ।

सलमानले जमघटमा पूर्वप्रेमिका संगीता बिलजानीलाई चुम्बन गरेको दृश्य भाइरल बनिरहेको छ । संगीता पनि बर्थडे पार्टीमा उपस्थित थिइन् । सन् ९० को दशकमा संगीता र सलमानबीच इन्गेजमेन्ट भएपनि केही पछि तोडिएको थियो । त्यसयता उनीहरु मिल्ने साथी बनेका छन् ।

५७ लागे सलमान खान, अब काठमाडौं कहिले आउलान् ? – Online Khabar
पूर्वप्रेमिकासँग सलमान खान ।

नेपाल कहिले आउलान् ?

नेपालमा आयोजना गर्ने भनिएको सलमानको द ब्याङ रिलोडेड टूर दुईपटक स्थगित भैसकेको छ । गत जेठ १४ गते दशरथ रंगशालमा हुने भनिएको कार्यक्रम अन्तिम समयमा रोकिएको थियो ।

त्यसबेला तत्कालिन पर्यटनमन्त्री प्रेमबहादुर आले र सलमानबीच भर्चुअल संवाद भएको थियो । उक्त कुराकानीमा मन्त्री आलेले सलमानलाई लन्चदेखि माउण्टेन फ्लाइटसम्मको निम्तो दिएका थिए । सलमान आफैले नेपाल आउन उत्साही रहेको बताएका थिए ।

सलमानको रोकिएको कन्सर्टलाई आयोजना गर्न द ओडिसी इन्टरटेनमेन्ट पुनः कस्सिएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सम्भवतः बैशाख अन्त्यतिरको मिति प्रस्ताव गरिएको बताए ।

पुस अन्त्यदेखि बैशाखसम्म दशरथ रंगशालमा ए डिभिजन फुटबल लिग संचालन हुने भएकाले लिग सकिएपछि कन्सर्ट गर्ने ओडिसीको तयारी छ । ‘लिग सकिएपछि दश दिन ग्याप राखेर कार्यक्रम गर्नेबारे राष्ट्रिय खेलकुद परिषदसँग छलफल हुँदैछ’ गुरुङले भने ।

‘हामीले पनि लिगको अफिसियल मिति कुरेर बसिरहेका छौं । यो कन्सर्टको डेट पनि लिगसँगै जोडिएको छ’ उनले अनलाइनखबरसँग भने ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्