प्रचण्डलाई बधाई दिंदै राजेशपायलले भने- छलाङ मार्दै संसारलाई चकित पार्नुहोला

प्रचण्डलाई बधाई दिंदै राजेशपायलले भने- छलाङ मार्दै संसारलाई चकित पार्नुहोला

[ad_1]

प्रचण्डलाई बधाई दिंदै राजेशपायलले भने- छलाङ मार्दै संसारलाई चकित पार्नुहोला

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गायक राजेशपायल राई । फाइल तस्वीर

काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सेलिब्रिटीले पनि बधाई दिइरहेका छन् ।

गायक तथा भ्वाइस अफ नेपालको चौथो सिजनका कोच राजेशपायल राईले प्रचण्डलाई बधाई दिंदै छलाङ मारेर संसारलाई चकित पार्नुहोला भन्ने शुभकामना दिएका छन् ।

उनी लेख्छन्, ‘नेपाल र नेपालीको हितमा काम गर्दै विकासको अद्भूत पराकास्टा, छलाङ्ग मार्दै, संसारलाई चकित पार्नु होला, नयाँ प्रधानमन्त्रीको लागि हार्दिक बधाई तथा शुभकामना ।’

उक्त शुभकामनामा गायकले छोरा सायारेम र भ्वाइस अफ नेपालको चर्चित थेगो ‘योयो’ उल्लेख गरेका छन् ।

प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै खुमलटार पुगेका संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले पनि बधाई दिएका छन् । अन्य कलाकारले समेत सामाजिक सञ्जालबाट प्रचण्डलाई सफल कार्यकालको लागि भन्दै बधाई दिएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्