नारायणगढमा आज पनि चलाइयो डोजर – Online Khabar

नारायणगढमा आज पनि चलाइयो डोजर – Online Khabar

[ad_1]

९ पुस, चितवन । सडक डिभिजन कार्यालय भरतपुरले शनिबार पनि नारायणगढ बजारमा सडक सीमा मिचेर बनाएका संरचनामा डोजर चलाएको छ ।

शुक्रबार लायन्सचोक र पुल्चोकबीचमा दक्षिणतर्फका घरटहरा भत्काएको कार्यालयले सोही ठाउँमा सडकको उत्तरतर्फको संरचना भत्काएको हो । सडक सीमा मिचेर बनाएको घर टहरा भत्काउन पटक पटक आग्रह गर्दा पनि नभत्काएपछि डोजर चलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । डोजरले घर टहरा भत्काउन थालेपछि कतिपय घरधनीले भने आफ्नो संरचना आफैं भत्काएका छन् ।

नारायणगढ गोन्द्राङ सडकखण्डको विस्तारको ठेक्का पाएको निर्माण कम्पनीले सडक डिभिजनलाई सडक सिमा क्लियर गरिदिन दबाव दिएको थियो । डिभिजनले सडक मिचेर बनेका संरचना नभत्काए सडक विस्तारको काम गर्न नसक्ने भन्दै दवाव दिएको थियो । ठेक्काको म्याद सकिन जम्मा ३ महिना मात्रै बाँकी रहेको अवस्थामा सडक विस्तारका लागि अवरोध गरी बनेका संरचना भत्काउन डिभिजन माथि दबाव परेको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले संरचना भत्काउन थालिएको अभियान नरोकिने बताए । डिभिजनले सडकको मध्यबाट दुवैतर्फ २५–२५ मिटर आफ्नो सडक क्षेत्र रहने भनेको छ ।

नारायणगढका चर्चित भेटघाट तास रेष्टुरेन्ट र बैष्णव मिष्ठान्न भण्डारका घर समेत भत्काएको छ

नारायणगढमा आज पनि चलाइयो डोजर – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्