कोरियाबाट विमानमा काठमाडौं ल्याइयो बाच्छी र साँढे

कोरियाबाट विमानमा काठमाडौं ल्याइयो बाच्छी र साँढे

[ad_1]

कोरियाबाट विमानमा काठमाडौं ल्याइयो बाच्छी र साँढे

Photo Credit : Yonhap News Agency

७ पुस, काठमाडौं । हेफर इन्टरनेसनल नेपालले कोरियाबाट उन्नत जातका १ सय भन्दा बढी गाई र साँढे काठमाडौं ल्याउन सुरु गरेको छ । नेपाल सरकारलाई निःशुल्क हस्तातरण गर्ने गरी जहाजमार्फत कोरेली बाच्छी र साँढे काठमाडौं ल्याउन थालिएको छ ।

२० वटा होलेस्टेन साँढे (बाच्छा) र १०१ वटा होलेस्टेन गाई काठमाडौंमा ल्याउने तयारी छ । पहिलो चरणमा आसियाना एयरलाइन्सको विमानबाट बिहीबार ४२ वटा गाई तथा साँढे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको  छ । अब क्रमैसँग बाँकी गाई र साँढे पनि काठमाडौं ल्याइने भएको छ ।

ती गाई र साँढेलाई क्यारेन्टाइनका लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा राखिनेछ । यी गाईहरु केही सरकारलाई र धेरैजसो किसानलाई वितरण गर्ने योजना छ । सिन्धुलीका किसानले कमलामाई नगरपालिकाको सहयोगमा यी गाईका लागि गोठ तयार गरिसकेका छन् ।

नेपालमा दूधको उत्पादन बढाउन र उन्नत नश्लका गाईको संख्या विस्तार गर्न कोरियाबाट सहयोग प्राप्त भएको पुशसेवा विभागका एक अधिकारीले बताए । गाई र साँढे ल्याउादा लागेको करिब साढे १७ करोड रूपैयाँ खर्च सबै हेफरले बेहोर्नेछ।

फोटो :Yonhap News Agency
फोटो :Yonhap News Agency

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्