प्लास्टिकका स्टुलमा किन प्वाल हुन्छ ? कारण यस्तो छ – Online Khabar

प्लास्टिकका स्टुलमा किन प्वाल हुन्छ ? कारण यस्तो छ – Online Khabar

[ad_1]

प्लास्टिकका स्टुलमा किन प्वाल हुन्छ ? कारण यस्तो छ – Online Khabar

Photo Credit : Photo Source : Carousell & Taizhou Youwang

काठमाडौं । हामी सबैले देखिरहेकै कुरा हो कि प्लास्टिकको स्टुलमा बस्ने ठाउँको बीचमा एउटा गोलो आकारको प्वाल हुन्छ । स्टुलको त्यो प्वाल किन बनाइएको होला भन्ने बारेमा के तपाईंले कहिल्यै सोच्नुभएको छ ?

प्लास्टिकको स्टुलको बीचमा प्वाल हुनु उत्पादकको कुनै लहड होइन, यसको वैज्ञानिक कारण छ । प्लास्टिकका सामान उत्पादन गर्ने ब्राण्डेड होस् वा लोकल कारखाना हरेक ठाउँमा उत्पादनका लागि विज्ञानका सामान्य नियमहरुको पालना गरिन्छ ।

प्लास्टिकका स्टुल चाहे दुनियाका जुनसुकै स्थानमा उत्पादन भएका किन नहोउन् बस्ने ठाउँको बीचमा एउटा प्वाल बनाइएकै हुन्छ । यसरी बनाइएको प्वालको निकै लाभदायी वैज्ञानिक महत्व छ ।

घर होस् वा अफिस अनि पसल नै किन नहोस् प्लास्टिकका स्टुलहरु थन्काएर राख्दा एक अर्कोमा खप्टाइएको हुन्छ । यसरी खप्टाउँदा यदि स्टुलमा प्वाल नहुँदो हो ती एक अर्कोमा टाँसिन्थे र खप्टाइएका स्टुलहरु छुट्टाउनका लागि हावाको चाप र भ्याकुमका कारण निकै अप्ठेरो हुन्थ्यो । त्यही अप्ठ्यारो नहोस् भनेर प्वाल राख्ने गरिएको हो ।

–एजेन्सीको सहयोगमा

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्