सरकारी जग्गा हडपेर घर बनाउँदै भाडा उठाउँदै – Online Khabar

सरकारी जग्गा हडपेर घर बनाउँदै भाडा उठाउँदै – Online Khabar

[ad_1]

६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–१० देवीनगरमा धोबीखोला किनारमा महानगरपालिको बुधबार डोजर लगाएर १३ वटा घर भत्कायो । भत्काएका अधिकांश घरमा घरधनी नभई डेरामा बस्नेहरु मात्र थिए ।

महानगरले डोजर चलाएपछि भाडामा बस्नेहरुको बिच्चली भएको छ । तीमध्ये एक हुन् हुम्लाकी बाँच्चे भण्डारी । उनी एक महिनाअघि मात्रै देवीनगरमा कोठा भाडामा बस्न आएकी थिइन् । श्रीमान बिरामी भएपछि काठमाडौं आएकी भण्डारीले देवीनगरमा कोठा पाएकी थिइन् ।

‘घरबेटीले नयाँ घर भन्दै बसाएका थिए, चुनावको बेला घर भत्किने हल्ला चल्दै थियो, साहुले अगाडिको कम्पाउण्ड मात्रै भत्किने भएकाले कोठामा बस्न मिल्ने बताएका थिए । तर अब हाम्रो बिजोग भएको छ’ भण्डारीले भनिन् ।

भण्डारी भाडामा बसेको घर हेमराज घिसिङले बनाएका हुन् । सरकारी स्वामित्वको जग्गामा बनाएको टहराको भाडा घिसिङले उठाउँदै आएको महानगरपालिकाले जनाएको छ ।

अनधिकृत रुपमा घर र कम्पाउण्ड निर्माण गरेपछि काठमाडौं महानगरपालिकाको वडा नं १० कार्यालयले वडामा उपस्थित हुन अनुरोध गरे पनि घिसिङ नआएको वडा कार्यालयले जनाएको छ ।

सरकारी जग्गा हडपेर घर बनाउँदै भाडा उठाउँदै – Online Khabar

देवीनगरमा सरकारी जग्गामा संरचना बनाएर भाडामा लगाउने अर्का व्यक्ति हुन् इन्द्र चाम्लिङ । बुधबार डोजर लगाएर भत्काइएको ती घर कमशल थिए ।

‘चाम्लिङको आफू बस्ने घर मात्रै राम्रो हो । भाडामा लगाएको घरहरु त सबै अस्थायी जस्तै छ । दुई तला बनाउँदा पनि पिलर छैन’ चाम्लिङका एक छिमेकीले भने ।

चाम्लिङलाई नियमित भाडा बुझाउने गरी करिडोरको सटरमा किराना पसल थापेकी सावित्री (नाम परिवर्तन) भन्छिन् ‘चाम्लिङ दाइले अब डोजर, सोजर केही आउँदैन यो चुनावको फण्डा मात्रै हो भनेर भाडा उठाइरहे, यो बेलामा डोजर आयो, हाम्रो त बिजोग नै भयो ।’

डोजर चलाउने हल्लामात्रै भन्दै भाडामा बस्नेहरुबाट पैसा असुलेका चाम्लिङले महानगरले १५ दिन अगाडि संरचना हटाउन माइकिङ गरेपछि ‘शुलभ औषधी पसल’को बोर्डसमेत झुण्ड्याएका थिए ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आफैंले भत्काउने भन्दै समय मागेर उल्टै चुनावको मौका पारेर फेरि भाडामा लगाएको पाइएको छ ।

मापदण्ड विपरीत टावर

महानगरका अनुसार इन्द्र चाम्लिङले देवीनगरको मुख्य चोकमा ८ तलाको घर बनाएका छन्, तर मापदण्ड मिचेर । ‘महानगरसँग ५ तला बनाउने अनुमित लिएर चाम्लिङले ८ तलाको घर बनाएका छन्, त्यो पनि ३ फिट सरकारी जग्गा मिचेर । यो विषयमा चाम्लिङलाई जानकारी गराएको भन्दै मापदण्ड विपरीत रहेका संरचना हटाउने तयारी गरेका छौं,’ बुधबार संरचना भत्काउन पुगेका नगर प्रहरी प्रमुख पाण्डेले भने ।

सरकारी जग्गा मिचेर घर, टहरा बनाउने अनि भाडा उठाएर खाने प्रवृत्ति नै देखिएको पाण्डे बताउँछन् । ‘उनले ७ वटा घर÷टहरामा ११ वटा सटर, १२ वटा भन्दा धेरै कोठाहरु भाडामा लगाएको देखिन्छ । महानगरले पटक सम्झाउँदा पनि बेवास्ता गरेकोले आज हामीले भत्काएको छौं,’ महानगर प्रहरी प्रमुख पाण्डेले भने ।

बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठका अनुसार चाम्लिङले दादागिरी गरेकै भरमा सरकारी जमिन ओगटेर जबर्जस्ती भौतिक संरचना निर्माण गरेका हुन् ।

‘स्थानीयले विरोध गर्‍यो, वडा कार्यालयले चिठी लेख्यो, म आफैंले बारम्बार भनेँ तर चाम्लिङले टेर्नुभएन । खै उहाँ अब कुन शक्तिको आडमा हुनुहुन्छ तर यो क्षेत्रमा हडपेको सरकारी जमिन महानगरसँग मिलेर फिर्ता गर्न म आफैं फिल्डमा छु’, उनी भन्छन् ।

इन्द्र चाम्लिङले मापदण्ड विपरीत बनाएको घर ।

महानगरपालिकाले ४ मंसिरको चुनावअघि नै सरकारी जग्गा मिचेर बनाएको घर टहरा हटाउन सूचना जारी गरेको थियो । अटेर गरेपछि डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डे बताउँछन् ।

पाण्डेका अनुसार केही घरहरु अझै भत्काउनुपर्ने भए पनि घरधनीहरु अदालत गएका कारण रोकिएको छ । ‘महानगरले पटक पटक अनधिकृत रुपमा बनाएको संरचना भत्काउन अनुरोध गर्दा, घरधनीहरुले वास्ता नगरी भाडा लगाएर बसेको देखिन्छ’ उनी भन्छन्, ‘हामीले पहिल्यै जानकारी गराएर भत्काएका हौं ।’

देवीनगरमा काठमाडौं महानगरपालिकाले डोजर चलाउँदाको थप तस्वीरहरु हेर्नुहोस्

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर । 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्