‘खुलामञ्चमा भूमिगत पार्किङको डीपीआर बन्दैछ, भित्रैबाट बाटो पनि बन्न सक्छ’

‘खुलामञ्चमा भूमिगत पार्किङको डीपीआर बन्दैछ, भित्रैबाट बाटो पनि बन्न सक्छ’

[ad_1]

काठमाडौं महानगरपालिका काठमाडौंकै ‘फोक्सो’ भनिने टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनामा अगाडि बढेको छ । नगरविकास कोषलाई अध्ययनको जिम्मेवारी दिएको महानगरपालिकाले यो योजनाबारे स्थानीयस्तरमा कुनै छलफल चलाएको छैन ।

महानगरपालिकाको यो योजनाले भित्री शहरका जनताले सास फेर्न, कुलपूजा र भोज तथा आम जनताले राजनीतिक कार्यक्रम गर्न जनताले नै जोगाएको खुलामञ्चको अस्तित्वलाई नै जोखिममा पारेको छ ।

महानगरले गुपचुप रूपमा योजना अगाडि बढाएपछि शहरी यातायात विज्ञहरूले यसबारे स्पष्टीकरण मागेका छन् । तर, मेयर बालेन्द्र (बालेन) साहले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

शहरको पार्किङ समस्या हटाउने नाममा उनी किन खुलामञ्च नै खोतल्न चाहन्छन् त ? यसबारे अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेले महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग गरेको संक्षिप्त कुराकानी :

महानगरको कार्यपालिकाले खुलामञ्चमा भूमिगत पार्किङ बनाउनेबारे अध्ययन गर्न नगर विकास कोषलाई भनेको छ । त्यहाँभित्र पार्किङ निर्माण प्रक्रिया अघि बढेको हो ?

हामी त्यो तहसम्म पुगेका छैनौं ।

खुलामञ्चमा महानगरले के गर्न लागेको हो त ?

खुलामञ्चभित्रको खुला भागमा घाँसे चौर बनाउन डोजर चलाएको हो । खुलामञ्चमुनि तीनतले पार्किङको डीपीआर तयार गर्ने जिम्मा नगर विकास कोषलाई दिइएको हो । कोषले त्यहाँ खाल्डो नखनी बाहिरबाट हेरेरै अध्ययन गर्छ । त्यसबाट भूमिगत पार्किङ बनाउन लाग्ने समय, लागत सबै थाहा हुन्छ ।

‘खुलामञ्चमा भूमिगत पार्किङको डीपीआर बन्दैछ, भित्रैबाट बाटो पनि बन्न सक्छ’

डीपीआर आएपछि त्यस्तो पूर्वाधार महानगर आफैंले बनाउन सक्छ कि, प्रदेश सरकार वा अरू मुलुक वा दातृ निकायसँग सहकार्य गर्नुपर्छ भनेर हेरिन्छ । आगामी २० वर्षसम्म ट्राफिक व्यवस्थापन गर्ने सोचबाट महानगरले यो निर्णय लिएको हो ।

अहिले भइरहेको काम त खुलामञ्चलाई सफा राख्नलाई मात्र हो । वीर अस्पताल र दरबार हाईस्कुल बनाउँदा त्यहाँ राखिएका निर्माण सामग्री र अस्थायी टहराको फोहोर हटाएर सफा र सम्याउने काम भएको हो । अब त्यहाँ घाँस हुर्काइनेछ ।

परियोजनाको आवश्यकता, औचित्य बुझ्न गरिने पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन र जनताको रायसुझाव लिन गरिने सार्वजनिक सुनुवाइ जस्ता आधारभूत प्रक्रिया मिचेर डीपीआरको तहसम्म पुग्न जायज हो र ?

डीपीआर तयार भएर सम्भावना देखिए सार्वजनिक सुनुवाइ पनि गरिन्छ ।

यातायात विज्ञहरूले यसलाई शहरभित्र निजी सवारीको चाप बढाउने योजना भनेका छन् । महानगरले पार्किङको लागि किन खुलामञ्च नै रोज्नु परेको ?

२० वर्षसम्मका लागि पार्किङ समास्या सल्ट्याउन सकिन्छ कि भनेर यसमा लागेका हौं । भूमिगत रूपमै अरू बाटाहरू बनाउन सकिन्छ कि भनेर पनि हेरिनेछ । टुँडिखेलमा पार्किङ गरेर भित्रभित्रै न्युरोड, पुरानो बसपार्क, विश्वज्योति हल निस्कन सकिन्छ कि भनेर हेर्न खोजेका हौं ।

डीपीआरसम्म पुग्दा अहिलेको पार्किङ पूर्वाधारको क्षमता र थप पूर्वाधारको आवश्यकताबारे अध्ययन गरिसक्नुभएको छैन ?

सबै अध्ययन त डीपीआरको जिम्मेवारी पाएको नगर विकास कोषले नै गर्छ । अध्ययन र प्रस्ताव तयार भएपछि सबैको मत लिन्छौं, सबैसँग सहकार्य गर्छौं ।

काठमाडौंको ट्राफिक समस्याको प्राविधिक प्रकृति र पार्किङ लटहरूबारे सामान्य अध्ययन/छलफल नगरी खुलामञ्चमै पार्किङ बनाउने हतार किन त ?

यसबारे विज्ञहरूसँग अस्ति मेरियट होटलमा छलफल गर्‍यौं । सबै विज्ञ, अरू निकाय र विश्व स्वास्थ्य संगठनका मानिसहरू समेत राखेर एक चरण छलफल गरिसक्यौं ।

स्वतन्त्र विज्ञहरूले त खुलामञ्चको पार्किङ भित्री शहर लक्षित हो भने झन् प्रत्युत्पादक हुन्छ भनिरहेका छन् नि ?

अरू मान्छेले के भन्छन्, त्यो हामीलाई थाहा छैन । आगामी २० वर्षसम्मको लागि समस्या समाधानको काम गर्न पाइन्छ भने हामीले त्यही गरेका हौं ।

खुलामञ्च सार्वजनिक जग्गा हो, सरकारी हैन । यस्तो जग्गाको संरक्षण गर्नुपर्ने महानगरले जथाभावी उपयोग गर्न पाउँदैन भन्ने आवाजहरू पनि उठेका छन् । यसबारे महानगरको धारणा के हो ?

महानगर सरकार हैन ? स्थानीय सरकार भनेरै बनाएको हैन ?

सार्वजनिक खुला स्थान त जनताको भोगाधिकारको क्षेत्र हो भन्ने छ नि ?

तपाईंहरू पनि ‘एड्भोकेसी’, अदालती कुरा गर्नुहुन्छ भने मसँग बहस नगर्नुस् । मैले त कुरा जे छ, त्यो तपाईंहरूलाई भन्दिने हो । मसँग वकिलले जसरी कुरा नगर्नुस् ।

त्यसो भए डीपीआरले अपेक्षित सम्भावना देखायो भने खुलामञ्चमा भूमिगत पार्किङ बन्छ त ?

अरे बाबा, यति कुरा त तपाईंले बुझ्नुपर्छ कि अन्तिममा हामी सरोकारवालासँग सार्वजनिक सुनुवाइ गर्छौं । उनीहरू सहमत भए हामी अगाडि बढ्छौं ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्