कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु – Online Khabar

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु – Online Khabar

[ad_1]

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो ।

बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला सुरु भएको हो ।

अहिले प्राय: सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र सहित उपस्थित भइसकेका छन् ।

यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् ।

गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ ।

कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्ने छ ।

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु – Online Khabar

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्