अभिभावकको रुपमा जनताको सेवामा सक्रिय हुन्छु : प्रकाशमान – Online Khabar

अभिभावकको रुपमा जनताको सेवामा सक्रिय हुन्छु : प्रकाशमान – Online Khabar

[ad_1]

अभिभावकको रुपमा जनताको सेवामा सक्रिय हुन्छु : प्रकाशमान – Online Khabar

नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंह । फाइल तस्वीर

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अभिभावकको रुपमा जनताको सेवामा सक्रिय हुने बताएका छन् ।

काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माविमा आज बिहान आयोजित एक कार्यक्रममा सिंहले, राजनीतिलाई कमाउधन्दाको रुपमा नभई सेवाको रुपमा लिएको भन्दै त्यसकै लागि आफू सक्रिय रहने बताए ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका सिंहले भने, ‘कुनै एउटा दलबाट निर्वाचित भएपनि सबैको गार्जेनको रुपमा काम गर्नुपर्छ भन्ने कुरा राम्रोसँग बुझेको छु ।’

उनले शिक्षा, स्वास्थ्य, रोजगारीका समस्या समाधान गर्ने वाचा चुनावमा गरेको भन्दै त्यसलाई पूरा गर्न इमान्दारीपूर्वक सक्रिय रहने बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्