देशव्यापी सांगीतिक यात्रामा निस्किएको नेपथ्यले ततायो धनगढी

देशव्यापी सांगीतिक यात्रामा निस्किएको नेपथ्यले ततायो धनगढी

[ad_1]

काठमाडौं । ‘मानवताको लागि संगीत’ अभियान लिएर देशव्यापी सांगीतिक यात्रामा निस्किएको लोकरक ब्याण्ड नेपथ्यले आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा कन्सर्ट गरेको छ ।

सुरुमा दुईवटा म्युजिक भिडियो देखाएर मञ्चमा चढेको नेपथ्यले टोलीलाई ‘आँगनैभरि हिउँ नै झरे’ गीतबाट कार्यक्रमको सुरुवात गर्‍यो । त्यसपछि भेडाको ऊनजस्तो, छेक्यो छेक्यो, हिमाल चुचुरोमा, चरी मर्‍यो, जोमसोमै बजारमा लगायतका आफ्ना चर्चित गीत प्रस्तुत गर्‍यो ।

पुसको चिसोमा पनि धनगढी रंगशाला दर्शक-श्रोताले भरिभराउ थियो ।

मानव सेवा आश्रमसँगको सहकार्यमा भएको कार्यक्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङ भन्दैथिए, ‘धनैधन भएर यो ठाउँलाई धनगढी भनेको रे, त्यो धनमा मन मिसाएर खुला हृदयले मानवताको सेवा गरौं है ।’

देशव्यापी सांगीतिक यात्रामा निस्किएको नेपथ्यले ततायो धनगढी

मञ्चमा गायक गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।

प्रदेश १ को राजधानी विराटनगरबाट सुरु भएको कार्यक्रमका देशका सात सहरमा आयोजना हुँदैछ । यसअघि वीरगञ्ज, हेटौंडा, भरतपुर र नेपालगञ्जमा नेपथ्यले कन्सर्ट गरिसकेको छ । अब पुस ६ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सांगीतिक प्रस्तुति हुने नेपथ्यले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्