पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

[ad_1]

पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

नेपालको डीआरएस समूह

४ पुस, काठमाडौं । युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् ।

चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ ।

पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगिताको १६  टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ ।

नेपालको टिटुके समूह

प्रतियोगिताको अन्तिम चरणमा पुगेका १६ वटै टिमले पुरस्कार पाउने भएकाले नेपाली दुई टोली डीआरएस र टिटुकेले कम्तिमा एक–एक करोड रुपैयाँ पाउने निश्चित भएको छ । यो प्रतियोगिताको कूल पुरस्कार रकम ४० लाख रुपैयाँ छ । उक्त रकम १६ वटै टोलीलाई उनीहरुले प्राप्त गरेको अंकको आधारमा बाँडिन्छ । खेलमा उनीहरुले बढाउने अंकको आधारमा रकम पनि थपिंदै जान्छ ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा टिटुकेकी व्यवस्थापक संगिता गुरुङले आफूहरुले ८० हजार डलर पाउने सुनिश्चित गरेको बताएकी छन् । यसैगरी डीआरएसका व्यवस्थापक संगीन भट्टराईले आफ्नो समूहले ७२ हजार डलर सुरक्षित गरिसकेको बताएका छन् ।

यस्तो छ अन्तिम १६ को सूची

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्