बंगलादेश जाने यू–२३ र बिच भलिबल टोलीको बिदाइ – Online Khabar

बंगलादेश जाने यू–२३ र बिच भलिबल टोलीको बिदाइ – Online Khabar

[ad_1]

३ पुस, काठमाडौं । बंगलादेशमा आयोजना हुने यू–२३ पुरुष भलिबल च्याम्पियनसिप र एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई नेपाल भलिबल संघले बिदाइ गरेको छ ।

संघले आइतबार एक कार्यक्रम आयोजना गर्दै दुवै टोलीलाई संयुक्त रुपमा बिदाइ गरेको हो ।

यू–२३ पुरुष भलिबल टोली सोमबार बंगलादेश प्रस्थान गर्नेछ । बिच भलिबल टोली झन्डै एक सातापछि प्रस्थान गर्ने तालिका छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख अथित्यतामा सम्पन्न भएको कार्यक्रममा, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, पुर्व अध्यक्ष मनोरन्जन रमण शर्मा, राखेपका सदस्य जनक बर्तौला, चन्द्र बदना राई, अन्जन धमला, समाजसेवी सावित्री र दुर्ज कुमार राईलगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।

यु–२३ का प्रशिक्षक जगदीश भट्ट, यु–२३ व्यवस्थापक जितेन्द्र श्रेष्ठ र कप्तान धिरोजकुमार बस्नेतलाई सदस्यसचिव घिसिङले झन्डा हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, सदस्यसचिवले बिच भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ र कोपिला उप्रेती तथा प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुनलाई समेत झन्डा हस्तान्तरण गरेका हुन् ।

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप पुस ७ देखि ११ सम्म बंगलादेशको ढाकामा सञ्चालन हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहने छ ।

सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि नेपालले १४ सदस्यीय अन्तिम टोली घोषणा गरि पठाउन लागेको हो । टिमको मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादव छन् ।

राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह पनि टोलीमा सामेल छन् ।

संघले खुल्ला छनोटमा सहभागी ८० खेलाडीबाट बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गर्दै त्यसबाट अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको भलिबल संघका उपाध्यक्ष गौतम लशिवाले बताएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले टोलीबाट आफू निकै आशावादी रहेका बताए । भने, ‘यो टोली निकै राम्रो छ । चार टोलीमा उपाधि जितेर आउनेमा म विश्वस्त छु ।’

यो टोलीले प्रशिक्षणका क्रममा नवौं राष्ट्रिय खेलकुदमा पुरुष तर्फ विजयी भएको एपीएफ र उपविजेता रहेको आर्मीलाई पराजित गरेको थियो ।

बंगलादेश जाने यू–२३ र बिच भलिबल टोलीको बिदाइ – Online Khabar

कार्यक्रममा घिसिङले प्रशिक्षकद्वय जगदिश भट्ट र भरत यादव खट्ने प्रशिक्षक भनेर तारिफ गरे । उनले भने, ‘दुवैजना प्रशिक्षक खटिने र राखेपको विश्वासिला प्रशिक्षक हुन् ।’

सदस्य सचिव घिसिङले खेलाडीलाई हौसला प्रदान गर्नका लागि नेपाल सरकारले कुनै पनि प्रतियोगिता जितेर आएका खेलाडीलाई सरकारले सम्मान गर्ने नियम नै तयार भइसकेको भन्दै राम्रो नतिजा ल्याउन खेलाडीलाई प्रोत्साहन गरे । उनले भने, ‘अहिले खुला छनोट मार्फत तपाईंहरु छनोट हुनुभयो । आगामी दिनमा तापाईंहरुलाई टक्कर दिने खेलाडी आउनेछन्, त्यसैले मेहनत गरेर राष्ट्रिय टिममा आउने वातावरण सिर्जना गर्नुहोस् ।’

बिच भलिबलमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार तथा महिलातर्फ कोपिला उप्रेती र कमला पुन रहेका छन् । पुरुषतर्फ मान र दिलको जोडी र महिलातर्फ कोपिला र कमलाको जोडी खुल्ला र अन्तिम छनोटमा पहिलो भएर राष्ट्रिय टोलीमा परेको हो ।
बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् ।

यू–२३का खेलाडीहरु :

धिरोज बस्नेत( कप्तान), रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्