बोर्डविरुद्ध आन्दोलन गर्न भन्दै चलचित्र संघले पठायो देशभरका हललाई पत्र

बोर्डविरुद्ध आन्दोलन गर्न भन्दै चलचित्र संघले पठायो देशभरका हललाई पत्र

[ad_1]

काठमाडौं । नेपाली फिल्म हलको छाता संस्था चलचित्र संघले व्यवसाय बचाउनुपर्ने परिस्थिति आएको भन्दै चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्ने भएको छ ।

आज (पुस १) गते देशभरका सबै सदस्यलाई पत्र लेख्दै महासचिव नरेन्द्र महर्जनले बोर्डको नाम तोकेरै त्यसविरुद्ध आन्दोलन गर्ने बताएका छन् । यसका लागि पुस ६ गते काठमाडौंमा हल सञ्चालकहरुको बृहत भेला गरिने जनाएको छ । भेलाले आन्दोलनको स्वरुप तय गर्ने संघको भनाइ छ ।

संघले वास्तविक चलचित्र व्यवसायीको प्रतिनिधित्व गर्न बोर्डले नसकेको र केही समयदेखि विभिन्न बहानामा अनावश्यक दुःख दिएको आरोप लगाएको छ । चलचित्र वितरक तथा प्रदर्शकलाई विस्थापित गर्ने मनसायको क्रियाकलाप गरेको आरोप पनि संघले लगाएको छ ।

बोर्डविरुद्ध आन्दोलन गर्न भन्दै चलचित्र संघले पठायो देशभरका हललाई पत्र

यसैबीच, अनलाइनखबरसँग कुरा गर्दै बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि आफूले सबैलाई समेटेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । कानुन विपरीतका कार्य आफूबाट नहुने भन्दै उनले सबैलाई मिलाएर अघि बढ्ने बताए ।

उनले चलचित्र संघ लगायतका संघसंस्थालाई वार्तामा बोलाउने संकेत गरे ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्