क्रोएसियालाई विश्व च्याम्पियन बनाउने मोड्रिचको सपना पूरा भएन

क्रोएसियालाई विश्व च्याम्पियन बनाउने मोड्रिचको सपना पूरा भएन

[ad_1]

२८ मंसिर, काठमाडौं । लुका मोड्रिचले अर्जेन्टिनाविरुद्धको विश्वकप सेमिफाइनलमा सब्स्टिच्युड हुँदै गर्दा जर्सीले आफ्नो अनुहार छोप्दै मैदान बाहिरिए ।

क्रोएसियाका सेतो र रातो जर्सी लगाएका समर्थकले यो क्षणको महत्व पहिचान गर्दै छरिता मिडफिल्डरको सम्मान गरे, जो सायद उनीहरुको देशका अहिलेसम्मका महान खेलाडी हुन् ।

अर्जेन्टिनाका प्रफूल्ल समर्थकले पनि तत्कालै लुसेल रंगशालामा आफ्ना प्रतिस्पर्धीको सम्मान गरे । जसले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका थिए ।

मंगलबार ८१औं मिनेटमा सब्स्टिच्युड हुँदा मोड्रिचको टिम ३ गोलले पछि परेको थियो । यसले विश्वकपमा मोड्रिच युगको अन्त्य भएको संकेत गरिरहेको थियो । साढे चार वर्षअघि फाइनलमा फ्रान्ससँग पराजित भएयता क्रोएसिया यसपल्ट सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले हार्यो ।

लोभ्रो माजेरले प्रतिस्थापन गर्दैगर्दा मोड्रिच उदास थिए । बेन्चमा पुगेर शान्तपूर्वक आफ्नो सीटमा बसे । उनले समर्थकलाई कुनै इशारा गरेनन् । ‘हामी पुनः विश्वकपको फाइनलमा पुग्न चाहन्थ्यौं तर, दुर्भाग्यबस यो सम्भव तुल्याउन सकेनौं,’ मोड्रिचले भने ।

क्रोएसियालाई विश्व च्याम्पियन बनाउने मोड्रिचको सपना पूरा भएन

विश्वकपमा ३७ वर्षीय एक सुपरस्टार घर फर्किएको केहि दिनपछि नै अर्का सुपरस्टार पनि बाहिरिए । रियल मड्रिडका पूर्व टिममेट मोड्रिच र क्रिष्टियानो रोनाल्डोको उमेर समान छ । दुवै खेलाडी उपाधिले भरिएको आफ्नो करिअरको अन्त्यतिर छन् । तर, दुवै खेलाडी फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधिबाट बिमुख हुने निश्चितजस्तै छ ।

विश्वकपको पूर्वसन्ध्यामा पियर्स मोर्गनसँगको विष्फोटक अन्तर्वार्तापछि रोनाल्डो चर्चामा थिए । तर, मोड्रिच मैदानबाटै आफूलाई प्रमाणित गर्न तल्लीन थिए । रुसमा फाइनलसम्म आफ्नो टिमको नेतृत्व गरेपछि उनी चार मिलियन जनसंख्या रहेको देशको प्रतिनिधित्व गरी लगातार दोस्रोपल्ट विश्वकपको सेमिफाइनलमा पुर्याउन मुख्य प्रेरणा थिए ।

यसैबीच म्यानचेस्टर युनाइटेडबाट बहिर्गमनसँगै साउदी अरवमा सम्भावित स्थानान्तरका बीच रोनाल्डो विश्वकपको आफ्नो सम्भावित अन्तिम खेलमा बेन्चमा सीमित थिए । पोर्चुगलको आशा मोरक्कोले समाप्त पारिदिएको हो ।

क्रोएसियाले ब्राजिल र नेइमारलाई क्वाटरफाइनलबाट घर पठाउँदा मोड्रिचको निर्णायक प्रदर्शन रह्यो । तर, उनले फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने व्यक्तिगत अभियानमा रहेको मेस्सीलाई रोक्न सकेनन् ।

मेस्सीले मंगलबार पेनाल्टीमार्फत गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि जुलियन अल्भारेको दुई गोलका लागि जादुयी मुभ बनाए ।

तर, लुसेल रंगशालामा मेस्सी एकमात्र प्रतिष्ठित खेलाडी थिएनन् । निश्चित रुपमा थुप्रै मानिसहरुले क्रोएसियाका सर्वश्रेष्ठ मानिएका मोड्रिचलाई सर्वश्रेष्ठ मिडफिल्डरको स्थान दिएका छन् । उनी रियल मड्रिडलाई पाँचपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा थिए । उनले सन् २०१८ मा बालोन डी’ओर अवार्डसमेत जितेका थिए ।

Croatia's Luka Modric adjusts his armband in front of Argentina's Lionel Messi during the World Cup semifinal soccer match between Argentina and Croatia at the Lusail Stadium in Lusail, Qatar, Tuesday, Dec. 13, 2022. (AP Photo/Martin Meissner)

कतारमा उनको प्रदर्शनबाट प्रमाणित हुन्छ कि गोलका लागि निर्णायक पास दिन उनी अझै पनि सक्षम छन् । उनी सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो देशका लागि अन्तिम हतियारका रुपमा राष्ट्रिय टिमबाट खेल्न सक्छन् । रियल मड्रिडले उनीबाट थप उपाधिको अपेक्षा पनि गर्न सक्छ ।

‘शायद यो हाम्रो एउटा पुस्ताका लागि अन्तिम विश्वकप हुनसक्छ । उनीहरुमध्ये केहि खेलाडी यस्ता उमेरका छन् जो सन् २०२६ को विश्वकप खेल्न असमर्थ हुनसक्छन् । हामी पर्ख र हेरको अवस्थामा हुनेछौं,’ प्रशिक्षक ज्लात्को ड्यालिकले भने, ‘मेरो विचारमा हाम्रा धेरैजसो खेलाडीको करिअर २०२४ को युरोपछि समाप्त हुनेछ ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्