अध्यादेशको विप्लवले गरे स्वागत – Online Khabar

अध्यादेशको विप्लवले गरे स्वागत – Online Khabar

[ad_1]

२७ मंसिर, काठमाडौं । गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता  लिने गरी सरकारले ल्याएको अध्यादेशको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवले स्वागत गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दैै उनले आफ्नो पार्टीसँगको समेत परामर्शमा अध्यादेश आएको उल्लेख गरेका छन् ।

‘हाम्रो पाटीसंगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो,’ विप्लवले भनेका छन्, ‘जसलाई हाम्रो पार्टीले सकारात्मक रुपले लिँदै धन्यवाद दिन चाहन्छ ।’

तीन बुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनले राष्ट्रपतिबाट अध्यादेश स्वीकृत हुने अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ। ‘कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई सहमतिलाई लागू गर्ने वातावरण निर्माण गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई पार्टी विशेष आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

अध्यादेशको सरकारकै नेतृत्व गरिरहेको नेपाली कांग्रेसका कतिपय नेताले विरोध गरेको भन्दै विप्लवले आश्चर्य समेत व्यक्त गरेका छन्। ‘कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरुलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सहमति भएको दुई वर्ष बित्न थाल्दा पनि लागु नहुनुमा कतै यस्तै गलत सोच र बुझाइले काम गरेको त छैन भन्ने आशंका पैदा गरेको छ ।’

हेर्नुहोस् विज्ञप्ति

अध्यादेशको विप्लवले गरे स्वागत – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्