एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा

[ad_1]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा

सोमपाल कामी बलिङ गर्दै । फाइल तस्वीर ।

२१ मंसिर, काठमाडौं । नेपाली तीव्र गतिका बलर सोमपाल कामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिवियासँग अहिले भइरहेको खेलमा २ विकेट लिएसँगै सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको ५० विकेट पूरा गरेका हुन् ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि सन् २०१८ को अगष्टमा पहिलोपल्ट नेदरल्याण्ड्ससँग शृंखला खेलेको थियो । त्यसयता ३० इनिङ्समा सोमपालले यो उपलब्धि हासिल गरेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने सोमपाल नेपालका दोस्रो खेलाडी हुन् । यसअघि पूर्वकप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६९ विकेट लिएका छन् ।

सन् २०१९ को जनवरी २६ मा युएईसँगको शृंखलाका क्रममा सोमपालले ६.३ ओभर बलिङ गरी १ मेडन राख्दै ३३ रन खर्चेर ५ विकेट लिएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो उत्कृष्ट प्रदर्शन हो । सन् २०१४ देखि नेपालको राष्ट्रिय टिमबाट खेलिरहेका सोमपालले टी-२० अन्तर्राष्ट्रियमा ३८ विकेट लिएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्