इन्डोनेसियामा विवाहअघि यौनसम्बन्ध राखे कारबाही गर्ने कानुन बन्दै

इन्डोनेसियामा विवाहअघि यौनसम्बन्ध राखे कारबाही गर्ने कानुन बन्दै

[ad_1]

इन्डोनेसियामा विवाहअघि यौनसम्बन्ध राखे कारबाही गर्ने कानुन बन्दै

Photo Credit : HOTLI SIMANJUNTAK/EPA-EFE/REX/SHUTTERSTOCK

१७ मंसिर, काठमाडौं । इन्डोनेसियाको संसदले विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ ।

बीबीसीमा प्रकाशित खबरअनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्ममा यो कानुन संसदबाट पारित हुने बताएका छन् ।

उक्त नयाँ कानुन पारित भएपछि इन्डोनेसियाली नागरिकहरू र विदेशीहरूलाई पनि लागू हुनेछ।

नयाँ कानुनमा यसलाई व्यभिचार अन्तर्गतको सजाय भनिएको छ । यस्तो सजाय यदि कसैले सरकारी अधिकारी समक्ष उजुरी गरेपछि प्रभावकारी हुनेछ ।

कानुनमा विवाहअघि शारीरिक सम्बन्ध राख्न प्रतिबन्ध लगाइने र दोषी प्रमाणित भए ६ महिनासम्म जेल सजाय हुन सक्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार व्यवसायीहरूले नयाँ कानुनप्रति चिन्ता व्यक्त गरेका छन् ।

विदा मनाउने र लगानी गर्ने गन्तव्यको रूपमा परिचित देशमा यस्तो कानुन लागु भए देशकै अर्थतन्त्र ओरालो लाग्ने व्यवसायीहरूको चिन्ता छ ।

यसअघि सन् २०१९ मा पनि यस्तै कानुनको मस्यौदा पारित गर्ने तयारी भएसँगै देशव्यापी प्रदर्शन भएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्