बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त, आन्दोलनकारीले शव उठाउन दिएनन्

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त, आन्दोलनकारीले शव उठाउन दिएनन्

[ad_1]

१५ मंसिर, धनगढी । बिहीबार बिहान साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको ग्रेडरको ठक्करले मृत्यु भएपछि धनगढी दिनभर तनावग्रस्त बनेको छ ।

सडकको सतह मिलाइरहेको कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले धनगढी उपमहानगरपालिका–५ हसनपुरमा साइकलमा स्कुल गइरहेकी चेतना साउदलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीले ग्रेडरको ठक्करबाट समान्य घाइते भएकी चेतनालाई चालकले ब्याक गरेर मारेको बताएपछि आक्रोशित स्थानीय र विद्यार्थीले धनगढीमा दिनभर प्रदर्शन गरे ।

प्रहरीले नियन्त्रणमा लिएका चालक भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिमल कुमाल र निर्माण व्यवसायीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदशनमा उत्रिएका विद्यार्थीहरुले धनगढीका सडकमा टायर बालेर प्रर्दशन गरे ।

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त, आन्दोलनकारीले शव उठाउन दिएनन्

उनीहरुले धनगढीको पार्क मोड, जिल्ला प्रहरी कार्यालयको मूल गेट अगाडि लगायतका ठाउँमा प्रहरीविरुद्ध समेत नाराबाजी गरे । दोषीलाई कानुनी कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव उठाउन नदिने अडान लिएपछि अवस्था झन् तनावग्रस्त बनेको छ ।

विद्यार्थी र स्थानीयको अवरोधका कारण शव उठाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ । बैतडीको डिलासैनी गाउँपालिका–६ स्थायी ठेगाना भएर धनगढी–५ मा मामाघरमा बसेर अध्ययन गर्दै आएकी साउदका आफन्त घटनापछि धनगढीतर्फ आएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बैतडीबाट आइरहेका मृतकका अभिभावक साँझसम्म धनगढी आइपुगेको जानकारी प्राप्त भएको बताए ।

‘हामी पीडित परिवारको निरन्तर सम्पर्कमा छौं । उहाँहरु आइरहनुभएको छ,’ जोशीले अनलाइनखबरसँग भने, ‘आक्रोशित स्थानीयको आन्दोलन र पीडितको आग्रहअनुसार घटनास्थलबाट शव उठाइएको छैन । उहाँहरु पुगेपछि प्रक्रिया थाल्छौँ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका तीन जनालाई नियन्त्रणमा लिएको छ । डीएसपी जोशीले प्रदर्शनमा उत्रिएका तीन जनालाई नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीहरु विद्यार्थी भएको नखुलेको बताए ।

उनका अनुसार बिहीबार साँझ जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । मृतक बालिका धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत थिइन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्