थाइल्याण्ड उडेको नेवानिको जहाज बंगलादेशमा आकस्मिक अवतरण

थाइल्याण्ड उडेको नेवानिको जहाज बंगलादेशमा आकस्मिक अवतरण

[ad_1]

थाइल्याण्ड उडेको नेवानिको जहाज बंगलादेशमा आकस्मिक अवतरण

फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशमा आकस्मिक अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेको थियो । सोहीकारण जहाज बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

आरए ४०१ उडान नम्बर रहेको ए३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाज भने पुनः बैंकक उडाउने तयारी भइरहेको बताइएको छ । ‘इण्डिकेटरले संकेत गरेपनि अवतरणपछि चेकजाँच गर्दा कुनै खराबी देखिएन,’ सहायक प्रवक्ता घिमिरेले भने, ‘जहाज पुनः बैंकक उड्दैछ ।’ जहाजमा १५२ जना यात्रु सवार छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्