हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई

हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई

[ad_1]

१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्न भारतीय कम्पनीलाई जिम्मा दिएको छ । ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीले पाएको हो ।

भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई नोट छपाइका लागि समझौता गर्ने गरी राष्ट्र बैंकले आसय पत्र जारी गरेको छ ।

एक हजार रुपैयाा दरका नोटको डिजाइन, छपाइ र ढुवानीको काम सो कम्पनीले पाउने भएको हो ।

करिब एक अर्ब ४६ करोड रुपैयाँ बराबरको अमेरिकी डलरमा सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले काम जिम्मा पाएको हो ।

प्रतिस्पर्धामा रहेका ब्राजिल, चीन र प|mान्सका कम्पनीले बढी रकम कबोल गरेका कारण छनोट हुन सकेनन् ।हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्