मिस इन्टरनेसनलको फिनालेमा भाग लिन न्यान्सी खड्का जापान प्रस्थान

मिस इन्टरनेसनलको फिनालेमा भाग लिन न्यान्सी खड्का जापान प्रस्थान

[ad_1]

काठमाडौं । दुई सातापछि हुने विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको फिनालेमा भाग लिन मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का जापानतर्फ प्रस्थान गरेकी छन् ।

मंगलबार राती उनी नेपाल वायुसेवा निगमको जहाज हुँदै टोकियोतर्फ प्रस्थान गरिन् । उनीसँगै मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

न्यान्सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिडन ट्रेजरका पदाधिकारीले शुभकामनासहित बिदाइ गरे । डिसेम्बर १३ मा टोकियोमा पेजेन्टको ६० औं संस्करणको ग्राण्ड फिनाले आयोजना हुँदैछ ।

मिस इन्टरनेसनलको फिनालेमा भाग लिन न्यान्सी खड्का जापान प्रस्थान

कोरोना महामारीको कारण यसअघि दुईवर्ष भर्चुअलरुपमा भएको पेजेन्ट यसपटक भौतिकरुपमा हुन लागेको हो । ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्ने यसपटकको संस्करणमा राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउन ‘ब्यूटीज् फर एसडीजीज्’ नारा राखिएको छ ।

मंगलबार बेलुका फिलिपिन्सको मनिलामा भएको मिस अर्थ प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठको इको–भिडियो एसिया महादेशमै उत्कृष्ट भएको थियो । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को आयोजना स्थल चाहिँ अहिलेसम्म तय भैसकेको छैन ।

तस्वीर : द हिडन ट्रेजर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्