अखिल क्रान्तिकारीले सुवाल इन्टरनेशनल कलेजमा ताला लगायो

अखिल क्रान्तिकारीले सुवाल इन्टरनेशनल कलेजमा ताला लगायो

[ad_1]

अखिल क्रान्तिकारीले सुवाल इन्टरनेशनल कलेजमा ताला लगायो

फाइल तस्वीर

१३ मंसिर, काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले भक्तपुरको सर्यूविनायकस्थित सुवाल इन्टरनेसनल कलेजमा ताला लगाएको छ ।

यूनियनले विज्ञप्ति जारी गर्दै कलेजमा तालाबन्दी सँधैका लागि बन्द गर्नको लागि ताला लगाएको हो ।

भक्तपुरको सूर्यविनायक-१ स्थित घतालेमा सुवाल इन्टरनेसनल कलेजले नियामक निकायको अनुमति र सम्बन्धन बिनै विद्यार्थी भर्ना गरी शुल्क असुलेको भेटिएपछि यूनियनले ताला लगाएको हो। कलेजले नर्सिङ, फार्मेसी र एचएमा २७० विद्यार्थी भर्ना गरेर शुल्क उठाएको पाइएको छ ।

अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा करिब ३ सय विद्यार्थी भर्ना लिएको र इन्जिनियरिङ लगायतमा भर्नाका लागि सूचना आह्वान गरेको छ ।

अहिले अभिभावक तथा विद्यार्थीहरु आन्दोलित छन् । विज्ञप्तिमा भनिएको छ, ‘अहिले कलेजमा तालाबन्दी गरी पूर्ण रुपमा सँधैका लागि बन्द गरिदिएको छ ।’

यूनियनले हदैसम्मको शैक्षिक अपराध भएकोले छानबिन गरी पीडित विद्यार्थीहरुबाट असुलिएको शुल्क फिर्ता र ठगी गर्ने सुवाल इन्टरनेसनल कलेज नमको संस्थालाई बन्द गरी सञ्चालकहरुलाई कारबाही गर्न माग गरेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्