प्रदीप खड्का र नाना पाटेकरबीच हिन्दी फिल्ममा सहकार्यको चर्चा

प्रदीप खड्का र नाना पाटेकरबीच हिन्दी फिल्ममा सहकार्यको चर्चा

[ad_1]

काठमाडौं । प्रदीप खड्का र बलिउड अभिनेता नाना पाटेकरबीच केही दिनअघि मुम्बईमा भेट भएको छ । यी दुई कलाकारबीचको यो भेट तेस्रोपटक हो ।

‘प्रेमगीत’ फेम्ड निर्देशक तथा निर्माता सन्तोष सेनले प्रदीप र नानाबीचको भेटबारेको तस्वीर सार्वजनिक गरेपछि यसले फिल्मवृत्तमा चर्चा बटुलेको छ । औपचारिक रुपमा केही नबताइए पनि प्रदीप र नानाबीच एक हिन्दी फिल्ममा सहकार्यको तयारी छ ।

प्रदीपले बलिउड फिल्म साइन गर्ने चर्चाका बीच बाहिरिएको यो तस्वीरलाई महत्वका साथ लिइएको छ । निर्माण हुन लागेको यो नयाँ प्रोजेक्टमा प्रदीप र नानाले सहकार्य गर्न सक्ने र उक्त भेट सोही उद्देश्यले भएको निकट स्रोतले जनाएको छ ।

प्रदीप खड्का र नाना पाटेकरबीच हिन्दी फिल्ममा सहकार्यको चर्चा

‘प्रेमगीत ३’पछि प्रदीप भारतीय दर्शकमाझ चर्चामा छन् र केही साताअघि उनी बलिउड फिल्म ‘डबल एक्सएल’को प्रिमियरमा सोनाक्षी सिन्हासँग पनि देखिएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्