[ad_1]
८ मंसिर, हुम्ला । हुम्लामा मतपत्रसँगै पत्र फेला परेको छ । प्रतिनिधि सभाको मतपेटिकामा पत्र भेटिएको हो । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार दल रावललाई संबोधन गर्दै लेखिएको पत्रमा रावल र उनको परिवारमाथि विभिन्न अरोप लगाइएको छ ।
चंखेली गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालय मतदान केन्द्रको मत पेटिकामा पाइएको पत्रमा रावलले विगतमा प्रदेशको सामाजिक विकास मन्त्री हुँदा दलाल बन्ने गृहकार्य गरेको आरोप छ ।
‘रावल जी एनजीओ जीवनबाट राजनीति जीवनमा प्रवेश गर्दै समयमा पतनकको बाटो रोज्नुभयो, त्यसका लागि मुरीमुरी धन्यवाद,’ पत्रमा लेखिएको छ, ‘विगतमा प्रदेश सामाजिक विकास मन्त्रालय सम्हालेर आफूलाई सर्वोसर्वा ठान्ने रावल जीले आफ्नो कार्यकालयमा योजनाको दलाल बन्ने गृहकार्य अधिक गर्नुभयो ।’
पत्रमा रावलका भाइ र बुहारीमाथि नागरिकलाई धम्की दिएको आरोप पनि छ ।
हंस ऐडीको पक्षपोषण गरेर रावलका भाइ पूर्ण रावल र धनदेवी रावलले सानो बस्तीका नागरिकलाई निमागाउँका बासिन्दालाई दिएको धम्कीको संवाद पनि लेखिएको छ ।
जनता : हाम्रो पारिश्रमिक देउ ।
हंश : हुँदै हुँदैन ।
पूर्ण : त्यो भन्दा बढ्दा बोलेमा हात खुट्टा भाँचिदिनु र उपचार पनि त्यही पैसाले गर्नु ।
पत्र लेख्ने मतदाताले आफ्नो नाम लेखेका छैनन् । उनले पत्रमा अज्ञात बताएका छन् । ‘जय नागरिक, जय देश, नेताको बदलौं आफ्नो भेष’, पत्रमा लेखिएको छ ।

[ad_2]
Source link








