दार्चुलाको प्रदेशसभा (क) मा कांग्रेस र (ख) मा माओवादी विजयी

दार्चुलाको प्रदेशसभा (क) मा कांग्रेस र (ख) मा माओवादी विजयी

[ad_1]

दार्चुलाको प्रदेशसभा (क) मा कांग्रेस र (ख) मा माओवादी विजयी

बिक्रम सिंह धामी र मानबहादुर धामी

७ मंसिर, दार्चुला । दार्चुलामा प्रदेश सभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

एक मात्रै निर्वाचत क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका बिक्रम सिंह धामी र (ख)  मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् ।

कांग्रेसका बिक्रम सिंह धामीले नेकपा एमालेका हरदेव जोशी र माओवादी केन्द्रका मानबहादुर धामीले एमालेकै रामदत्त जोशीलाई पराजित गरेका हुन् ।

कांग्रेसका बिक्रम सिंह धामीले १५ हजार १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका हरदेव जोशीले १३ हजार ४५१ मत पाए ।

यस्तै माओवादी केन्द्रका मानबहादुर धामीले १७१७१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामदत्त जोशीले ११८५६ मत ल्याए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्