कांग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

कांग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

[ad_1]

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा २ का चार बुथमा धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनि उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई जबरजस्त बाहिर निकाएको उजुरीमा उल्लेख छ । ति बुथमा पुन मतदानको माग गरिएको छ ।

स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिए । ‘चापाकोट केही वडाको विषयमा उजुरी आएको छ । हामी बुझ्दैछौं । उजुरीमा धाँधली गरिएको व्यहोरा छ ।’ निर्वाचन अधिकृत शर्माले भने ।

स्याङ्जा २ मा कांग्रेसबाट उपसभापति धनराज गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ, राप्रपाबाट लालगोपाल अर्याल लगायत उम्मेदवार छन् ।

कांग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्