यी १० स्थानमा हुँदैछ काठमाडौंको मतगणना – Online Khabar

यी १० स्थानमा हुँदैछ काठमाडौंको मतगणना – Online Khabar

[ad_1]

यी १० स्थानमा हुँदैछ काठमाडौंको मतगणना – Online Khabar

काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गतको एक मतदान केन्द्रमा शिलबन्दी गरिएको मतपेटिका । तस्वीर : अनलाइनखबर

४ मंसिर, काठमाडौं । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ ।

काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ ।

क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी भट्टराईले मतपेटिका संकलनको काम भइरहेको भन्दै प्रक्रिया पूरा गरी आजैबाट मतगणना सुरु गर्ने तयारी भइरहेको बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्