ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

[ad_1]

ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

फाइल तस्वीर

२ मंसिर, काठमाडौं । ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा आज बिहान भेटिएको बमजस्तो देखिने वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो ।

तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिस्कार’ लेखिएको थियो । उक्त वस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।

उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरुले राखेको प्रहरीको निष्कर्ष छ । यसअघि गृहमन्त्रालयले नेक्रविक्रम चन्द विप्लव सहितका साना–ठूला २५ समूह निर्वाचन बहिस्कारमा सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्