एक्सन फिल्ममार्फत साफ स्वर्ण पदक विजेताको पुनरागमन – Online Khabar

एक्सन फिल्ममार्फत साफ स्वर्ण पदक विजेताको पुनरागमन – Online Khabar

[ad_1]

काठमाडौँ । मंसिर २३ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा एक्सन प्रधान ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा दक्षिण एसियाली खेलुकदमा स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको एक्सन समेटिएको छ ।

२४ वर्षपछि राई यही फिल्मबाट अभिनयमा पुनरागमन गर्दैछन् । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा अभिनय गरेका थिए ।

राईले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एसियाली खेलकुदमा तेक्वान्दो खेलमा काँस्य पदक तथा सन् १९९९ मा नेपालमा भएको साफमा स्वर्ण जितेका छन् ।

एक्सन फिल्ममार्फत साफ स्वर्ण पदक विजेताको पुनरागमन – Online Khabar

कार्यक्रममा बोल्दै राईले गाउँ बस्ती, देश र आफ्नो माटोले सम्झिरहेको बताए । उनले भने मेरो गाउँ बस्तिले मलाइ खोजेको छ, मेरो देशले मलाई खोजेको छ, मंसिर २३ गते चलचित्र आउँदैछ, म फेरि आउदै छु तपाइँको लागि, चलचित्रले निरास बनाउने छैन’

मिलन राइको कथा र सनम जेबीआर रानाको पटकथा रहेको फिल्म ’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टीकाराम ठकुरी, सोनिका राईको पनि अभिनय छ ।

निर्देशन युवराज राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन् । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको फिल्मको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू छन् । गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्