रामचन्द्र पौडेललाई १२ किलोको माला – Online Khabar

रामचन्द्र पौडेललाई १२ किलोको माला – Online Khabar

[ad_1]

२४ कात्तिक, तनहुँ ।  नेपाली कांग्रेसका नेता तथा तनहुँ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेललाई अर्चले गाउँका बासिन्दाले १२ किलोको माला लगाइदिएका छन् ।

स्थानीय बासिन्दाले उनीसँग १२ बुँदे माग पनि राखेका छन् ।

घर दैलो अभियानमा भानु नगरपालिका वडा नम्बर १२ स्थित अर्चले गाउँमा पुगेका पौडेललाई १२ किलोको फूलको मालाले स्वागत तथा सम्मान गरिएको हो ।

भानु १२ मा कम्तिमा पनि १२०० को मतको अन्तरले अग्रता लिनु भन्ने शुभकामनासहित १२ बुँदे विकासका माग राखेर पौडेललाई १२ किलोको मालाले स्वागत गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

भानु नगरपालिका कांग्रेसकै पूर्व नेता तथा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको क्षेत्र हो । तनहुँ १ मा पौडेल र जोशीस तथा नेकपा एमालेका एकबहादुर रानासहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

रामचन्द्र पौडेललाई १२ किलोको माला – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्