बागमती किनारमा नेपालकै पहिलो ‘पम्प ट्र्याक'(फोटोफिचर)

बागमती किनारमा नेपालकै पहिलो ‘पम्प ट्र्याक'(फोटोफिचर)

[ad_1]

२४ कात्तिक, काठमाडौं । ललितपुरको कुपण्डोल नजिकै बागमती नदीको किनारमा देशकै पहिलो ‘पम्प ट्र्याक’ सञ्चालनमा आएको छ । भेलो सोलुसनले ललितपुर महानगरपालिकाको सहयोगमा घुमाउरो र उतारचढावयुक्त ट्र्याक सञ्चालनमा ल्याएको हो ।

झन्डै १७० मिटर लामो पम्प ट्र्याक सञ्चालनमा आएसँगै माउन्टेन बाइकिङ गर्दै आएका युवा पुस्ताहरु खुसी भएका छन् । माउन्टेन बाइकिङ समुदायको लागि पम्प ट्र्याक सञ्चालनमा आउनु निकै महत्वपूर्ण भएको माउन्टेन बाइकर अभिषेक मैनाली बताउँछन् ।

बागमती किनारमा नेपालकै पहिलो ‘पम्प ट्र्याक'(फोटोफिचर)

‘पम्प फर पिस’ नारा सहित विश्वभर साइकलिङ र ‘एक्सन स्पोर्टस’ लाई पहुँचयोग्य बनाउन यो अभियान सुरु गरिएको भेलु सोलुसनका संस्थापक क्लाउडियो कालुओरी बताउँछन् । उनका अनुसार ‘पम्प ट्र्याक’ सञ्चालनमा आएसँगै साइक्लिङ वा स्केट खेल्न युवाहरुलाई प्रोत्साहित गर्नेछन् ।

‘पम्प ट्र्याक’मा साइक्लिङ वा स्केट गर्न सकिने भएकाले युवा पुस्तालाई खेलकुदमा आउन चाहिने आधारभूत कुराहरू सिक्न मद्धत पुग्ने पर्यटन व्यवसायी तथा माउन्टेन बाइकिङ अभियानकर्ता राज ज्ञवाली बताउँछन् ।

 

 

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्