‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते रिलिज हुने – Online Khabar

‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते रिलिज हुने – Online Khabar

[ad_1]

काठमाडौं । आउने दशकको पहिलो दिन नेपाली फिल्मको लागि निकै प्रतिस्पर्धात्मक हुने पक्का भएको छ ।

घरेलु फिल्मका ठूला ब्यानरहरु २०८० सालको वैशाख १ गते फिल्म प्रदर्शनको तयारीमा जुटेका छन् । झरना थापाको ‘भगवत् गीता’ र रामबाबु गुरुङको ‘जारी’ सोही मितिमा आउने निश्चित भइसकेको छ ।

यस्तोमा सोही मितिमा अर्को प्रतीक्षित फिल्म आउने निश्चित छ, जसले घरेलु फिल्मको रिलिज समीकरणलाई प्रभावित बनाउने पक्का छ । तपाईंले ठीक पढ्नुभयो, ‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते आउने निर्णय भइसकेको छ ।

निर्देशक तथा निर्माता विकासराज आचार्यले बिहीबार अनलाइनखबरसँग कुरा गर्दै वैशाख १ गते फिल्म रिलिज गर्ने औपचारिक निर्णय भएको जानकारी दिए । उनले भने, ‘हामी १ गते आउने निधो भयो । हामी स्वस्थ प्रतिस्पर्धा गर्न चाहन्छौं,’ आचार्यले भने ।

एक सातादेखि झापाको विर्तामोडमा छायांकन भइरहेको फिल्म अझै २० दिन फ्लोरमै हुनेछ । आँचल शर्मा, आशिर्वाद बराल, आयुषा तामाङ अहिले विर्तामोडमा फिल्मको सेटमा छन् ।

‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते रिलिज हुने – Online Khabar
‘नाइँ नभन्नु ल ६’को छायांकन स्थल विर्तामोडमा निर्देशक विकास आचार्य, अभिनेत्री आँचल शर्मालगायत

चुनावको लागि तीन दिन छायांकन रोकिने जानकारी निर्देशक आचार्यले दिए । विर्तामोडबाट फर्किएर बाँकी छायांकन काठमाडौंमा गर्ने योजना छ ।

निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्