एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा स्कूले विद्यार्थी

एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा स्कूले विद्यार्थी

[ad_1]

१८ कार्तिक, दाङ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् ।

निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एमालेकी उम्मेदवार वलीसहित दाङ ३ ‘ख’ का उम्मेदवार हुकुम बस्नेतले आफ्नो चुनावी अभियानका क्रममा केहीदिन अघि दाङको एक विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकहरुलाई राखेर भेला गरेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्वीर दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविको हो । तस्वीरमा उम्मेदवार वलीले स्कुलका विद्यार्थीलाई राखेर भेला गरेकी छिन् । जहाँ विद्यार्थीले हातमा चुनावी प्रचारका सामग्री समाएको देखिन्छ ।

विद्यालय श्रोतका अनुसार उम्मेदवार वली र बस्नेतले विद्यार्थीलाई चुनावी प्रचार सामाग्रीसमेत बाँडेका थिए । सुरुमा विद्यार्थीसँगको  उत्त  फोटो कोमल वलीको सचिवालयले नै फेसबुकमा सार्वजनिक गरेको थियो । तर केही समयपछि उत्त फोटो हटाएको थियो ।

एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा स्कूले विद्यार्थी

यसबारे बुझ्न खोज्दा विद्यालयका प्रधानाध्यापक नरेन्द्र साहुले उक्त तस्विर कार्तिक १५ गतेको भएको बताए । उनले सामाजिक सञ्जालमा भाइरल भएको तस्विर चुनावी भेला नभएको बताए । ‘चुनावी प्रचारका क्रममा उहाँहरु गाउँमा आउनुभएको रहेछ’ उनले भने, ‘दिउँसो खाजा खाने समय भएकाले विद्यार्थीसँग सानो भेला गर्नुभएको हो ।’

निर्वाचन आचारसंहिताले भने चुनावी भेला र प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गर्न रोक लगाएको छ ।  चुनावको प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा वलीको आलोचना भइरहेको छ।  यसबारे बुझ्न खोज्दा उम्मेदवार वली सम्पर्कमा आइनन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्