सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले रोक्यो लाइसेन्स दिने प्रक्रिया

सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले रोक्यो लाइसेन्स दिने प्रक्रिया

[ad_1]

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालक (स्टक एक्सचेञ्ज), वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) र धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइसेन्स प्रक्रिया तत्कालका लागि स्थगित भएको जनाएको छ ।

बोर्डले १५ कात्तिक मंगलबार एक सूचनाका प्रकाशित गर्दै बोर्डबाट अर्को निर्णय नहुँदासम्म लाइसेन्सका लागि आवेदन लिने र थप काम कारबाही नहुने जनाएको हो । बोर्डले २ असोजमा एउटा स्टक एक्सचेञ्ज, दुईवटा कमोडिटी एक्सचेञ्ज र स्टक ब्रोकरको लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो ।

३० दिनभित्र आवेदन दिनुपर्ने स्टक ब्रोरकका लागि ४५ वटा आवेदन परेको छ । स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि आवेदन दिनको ४५ दिनको अवधि रहेकोमा मंगलबार आवेदन दिने अन्तिम दिन रहेको थियो । तर, ४ कात्तिकमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएपछि बोर्डले प्रक्रिया स्थागित गरेको हो ।

हेर्नुहोस् सूचनाः

सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले रोक्यो लाइसेन्स दिने प्रक्रिया

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्