प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज भइन् – Online Khabar

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज भइन् – Online Khabar

[ad_1]

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज भइन् – Online Khabar

फाइल तस्वीर ।

१४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् ।

सीताको स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उनको छोरी गंगा दाहालले जानकारी दिएकी छिन् ।

‘आज १५ दिनको हस्पिटल बसाइँपछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र आशिर्वादले ममीको स्वास्थ्यमा सुधार आइ आज फेरि डिस्चार्ज गरि घर ल्याइएको छ’, गंगाले फेसबुकमा लेखेकी छिन्, ‘सम्पूर्ण शुभेच्छुकहरूमा आभारसहित धेरै धेरै धन्यवाद ।’

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्