[ad_1]
Photo Credit : OneCricket
महेन्द्र ।
काठमाडौं । भारती क्रिकेट टिमका कप्तान रोहित शर्माको खेल हेर्न एक जना नेपाली क्रिकेट समर्थक अष्ट्रेलियाको सिड्नी पुगेका छन् ।
रोहितको डाई हर्ट फ्यान बताउने नेपालका महेन्द्र टी-२० विश्वकप अन्तर्गत भारत र नेदरल्याण्ड्सबीच बिहीबार भएको खेल हेर्न सिड्नी पुगेका हुन् ।
सुपर १२ अन्तर्गत भारत र नेदरल्याण्ड्सबीद्ब सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेल हेर्न महेन्द्र त्यहाँ पुगेका थिए ।
उनले आफूले १० वर्षदेखि रोहित शर्मालाई फलो गरिरहेको बताएका छन् ।
‘म रोहित शर्माको ठूलो फ्यान हुँ । उनी भारतीय टिम र मुम्बई इन्डियन्सको पनि कप्तान हुन् । म विशेषगरी उनलाई हेर्न आएको हुँ । मैले १० वर्ष हुँदादेखि उनलाई फलो गर्दै आएको छु’, हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा महेन्द्रले भनेका छन् ।
भारतले नेदरल्याण्ड्सलाई ५६ रनले पराजित गर्दा रोहित शर्माले ५३ रन बनाएका थिए ।
A Rohit Sharma fan from Nepal meets @Vimalwa at the SCG before the #INDvNED clash 🏏#T20WorldCup #TeamIndia #RohitSharma pic.twitter.com/ok6GtKBAtL
— OneCricket (@OneCricketApp) October 27, 2022
[ad_2]
Source link








