कार्तिक आर्यनको एक्सन थ्रिलर फिल्म सिधै ओटीटीमा रिलिज हुने

कार्तिक आर्यनको एक्सन थ्रिलर फिल्म सिधै ओटीटीमा रिलिज हुने

[ad_1]

कार्तिक आर्यनको एक्सन थ्रिलर फिल्म सिधै ओटीटीमा रिलिज हुने

कार्तिक आर्यन

काठमाडौं । बलिउडका चकलेटी हिरो कार्तिक आर्यनले लभर ब्वाइ, न्युज एंकर, घोस्ट राइटर लगायत विभिन्न भूमिकामा आफूलाई खरो सावित गरिसकेका छन् । केही महिनाअघि रिलिज भएको हरर–कमेडी फिल्म ‘भूलभुलैया २’ उनको पछिल्लो हिट फिल्म हो ।

दक्षिण भारतीय फिल्मको दबदबा रहेको वर्तमान भारतीय फिल्म उद्योगमा उनी अभिनित यो फिल्मले बलिउडलाई लयमा फर्काउने कोसिस गर्‍यो ।

कार्तिक अब चाँडै नै एक्सन थ्रिलर फिल्म ‘फ्रेडी’मार्फत दर्शकमाझ आउँदैछन् । फिल्ममा उनको अपोजिट भूमिकामा अलाया एफ हुनेछिन् । शशांक घोष निर्देशित तथा बालाजी टेलिफिल्म्स र नर्दन लाइट्स फिल्म्सद्वारा निर्मित फिल्म भने सिनेमा हलमा रिलिज हुनेछैन, सिधै ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा स्ट्रिमिङ हुनेछ ।

फिल्मको रिलिज मिति भने तोकिएको छैन ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्